Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

काठमाडौँ महानगरले पर्व लक्षित गरी भोलीदेखि कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ महानगरले पर्व लक्षित गरी भोलीदेखि कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने


  • 5.0K
    Shares

    काठमाडौँ महानगरले पर्व लक्षित गरी भोलीदेखि कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोरोना विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ ।

    असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडामा चल्नेछ । यो पहिलो डोज लिनेका लागि मात्रै हो । ‘पर्वको समयमा युवाहरु धेरै सक्रिय हुन्छन् ।

    सकेसम्म भीड नगर्नोस् । मास्क प्रयोग गर्नोस् भन्ने हाम्रो अनुरोध हो’ जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भन्नुभयो ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।’ कुँवरका अनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।

    महानगरका ३२ वटाको खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।vaccine.mohp.gov.np बाट विद्युतीय नाम दर्ता गराउन सकिन्छ ।

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १७:०५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij