Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

आईपीओ बाँडफाँट

बुद्धभुमि हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै, सेयर पाउने भाग्यमानी कति ?

बुद्धभुमि हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै, सेयर पाउने भाग्यमानी कति ?


  • 5.4K
    Shares

    बुद्धभुमि हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै, सेयर पाउने भाग्यमानी कति ?
    images

    काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि १४ गतेसम्म बिक्री खुला गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँट शुक्रबार हुने भएको छ ।

    कम्पनीको आईपीओको प्रिअलटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिनेछ ।

    बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २१ लाख ११ हजार ८१९ जना आवेदकले आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणलाई माग गरिएभन्दा ३५.६६ गुणा बढी हो ।

    कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय अंकित दरका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरु र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिएको थियो ।

    यसरी हेर्ने हो भने गोलाप्रथाबाट वितरण गर्दा कुल आवेदकमध्ये ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन्, भने बाँकी २० लाख ३७ हजार ४१९ जना आवेदकको हात खाली हुने देखिन्छ ।

    यसअघि कम्पनीले कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८० करोड रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - ११:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij