Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा


  • 6.0K
    Shares

    कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

    काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्नु सक्नुहुनेछ ।

    अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको  छ। साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाूँ शुभलाभ लगानी बचत खाता खोली यो सुविधा उपभोग गर्न सक्नुहुनेछ जस अन्तर्गत ग्राहक महानुभावहरुले  प्रथमवर्ष नि:शुल्कमोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

    देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्तगर्न सकिनेछ ।

    काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रियकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवातथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile,जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकि¬ङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १६:२९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij