Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

आईपीओ बाँडफाटँ गर्न बुद्धभुमिले पायो डेट, कहिले हुन्छ बाँडफाँट ?

आईपीओ बाँडफाटँ गर्न बुद्धभुमिले पायो डेट, कहिले हुन्छ बाँडफाँट ?


  • 5.0K
    Shares

    आईपीओ बाँडफाटँ गर्न बुद्धभुमिले पायो डेट, कहिले हुन्छ बाँडफाँट ?
    images

    काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ ।

    बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरको प्रिअलटमेन्ट सकाएको छ । आज बुधबार प्रिअलटमेन्ट सकाएर शुक्रबार बाँडफाँट गर्ने भएको हो ।

    कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

    त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

    पछिल्लो तथ्यांक अनुसार कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई निष्काशन गरेको ७ लाख ४४ हजार कित्ताको ३५।६६ गुणा बढी हो ।

    माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् ।

    त्यस अनुसार कुल आवेदक मध्ये ९६ प्रतिशत अर्थात २० लाख ३७ हजार भन्दा धेरैले शेयर नपाउने देखिन्छ ।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १६:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij