Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

नेप्सेमा उत्साहप्रद वृद्धि, ४ अर्ब ५० करोड ६ लाख बढिको कारोबार

नेप्सेमा उत्साहप्रद वृद्धि, ४ अर्ब ५० करोड ६ लाख बढिको कारोबार


  • 4.2K
    Shares

    नेप्सेमा उत्साहप्रद वृद्धि, ४ अर्ब ५० करोड ६ लाख बढिको कारोबार
    images

    काठमाडौं । आज कारोबारको चौथो दिन ९बुधबार० सेयर बजारमा चमक देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेको छ । 

    बुधबारको बजार हेर्दा लघुवित्त कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । आज सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश हिस्सा लघुवित्तहरूको ओगटेका छन् । 

    पछिल्लो समय केही लघुवित्तहरूले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लघुवित्तप्रति लगानीकर्ताहरूको  आकर्षण बढेको हो । लगानीकर्ताहरूका लागि कम्पनीले प्रदान गर्ने प्रतिफलले सधैँ महत्त्व दिने गर्दछ ।

    नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० मा पुगेको छ । नेप्से २।६२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ५०४.७३ मा पुगेको छ ।

    कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ । बुधबार सिटिजन्स बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो ।

    बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् । त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथी, मिथिला लघुवित्त लगायत रहेका छन्।  

    कारोबारको आधारमा हेर्ने हो भने आज सिटिजन बैंक, एनआइसी एसिया लघुवित्त, निर्धन उत्थान लघुवित्त र हिमालयन डिस्ट्रलरीमा लगानीकर्ताको  आकर्षण देखिएको छ। आज सिटिजन बैंकको २३ करोडको कारोबार भएको छ भने एनआइसी एसिया लघुवित्त र  निर्धन उत्थान लघुवित्तको १६ करोड माथिको कारोबार भएको छ। 

     

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १५:५६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij