२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । चाडपर्वमा मोबाइलमार्फत गरिने फन्ड ट्रान्सफर निःशुल्क गरिएको छ । चाडपर्वलक्षित गरी कनेक्टआईपीएसमार्फत गरिने फन्ड ट्रन्सफर यही असोज २० देखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको एनसीएचएलले जनाएको छ ।
दसैँ, तिहार तथा छठलगायत चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गराउन फन्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij