Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो, कति दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो, कति दिने आवेदन ?


  • 7.0K
    Shares

    मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो, कति दिने आवेदन ?
    images

    काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले आजबाट प्रतिकित्ता १०० का दरले ९० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत सामूहिक लगानीकोष र ४ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ ।

    कम्पनीले सिन्धुपाल्चोकबासी र प्रभावित क्षेत्रका लागि भने यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

    कम्पनीले आईपीओका लागि केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई बैंक रहेको छ भने आईपीओ भर्ने अन्तिम मिति असोज २५ गतेसम्म छ ।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - ११:४१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij