२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । साताको दोश्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा पुगेको छ । नेप्से ०.२६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १.२८ अंकले घटेर ४८४.९८ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कुल २२७ वटा कम्पनीको ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ ।
त्यसैगरी, सोमबार सर्वाधिक कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । कम्पनीको १२ करोड १२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार पनि आशा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ६ सय ९९ रुपैयाँ ५० पैसा पुगेको छ ।
सोमबार मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । संस्थाको सेयरमूल्य ९.३८ प्रतिशतले घटेर १८ सय ८५ रूपैयाँमा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij