२०८२ मंसिर १२ गते शुक्रवार
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बार्हौँ वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, रविभवन, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिनेछ ।
यसैगरी, आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण (२०७७ साल श्रावण १ गतेदेखि २०७८ साल आषाढ मसान्त सम्मको नाफारनोक्सान हिसाब, वासलात, सोही अवधिको नगद प्रवाह विवरण) स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ । ।
त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij