Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एमसीसी झुक्याएर पास गर्न खोजेका होला : ओली

एमसीसी झुक्याएर पास गर्न खोजेका होला : ओली


  • 5.9K
    Shares

    एमसीसी झुक्याएर पास गर्न खोजेका होला : ओली

    काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाउनुभएको छ । काठमाण्डौ महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले कांग्रेस र माओवादीकै सरकारकाे पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाउनुभयो । 

    संघीय संसद्को प्रतिनिधिसभामा लामो समयदेखि रोकिएको एमसीसी सम्झौताबारे पछिल्लो समय चर्चा बढेको बेला पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी आएको हो । 'कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे । अहिले एमसीसीबारे बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्,' ओलीले भने, 'बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् ।'

    प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे बोल्नुपर्ने ओलीले बताए । 'जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ?,' उनले थपे, 'हिजो साइन गर्नुभएको थियो त !'

    एमसीसीबारे देउवा र दाहाल चुपचाप रहेको ओलीले बताए । 'यस्ता अनगिन्ती कुराहरू उहाँहरूले गोप्य राखेर, नेपाली जनतालाई छक्याएर विकास निर्माण विकासको गतिलाई रोकेर' राखेको ‌ओलीको आरोप थियो ।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - १६:१०:२५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij