Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरुवीच बालुवाटारमा भेटवार्ता सुरु

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरुवीच बालुवाटारमा भेटवार्ता सुरु


  • 7.4K
    Shares

    सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरुवीच  बालुवाटारमा भेटवार्ता सुरु

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरु शनिवार पनि भेटवार्तामा जुटेका छन् । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् ।शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको हो ।

     शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो ।सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डा नमिलेपछि शीर्ष नेताहरु तनावमा छन् । महत्वपूर्ण मन्त्रालयहरुमा दलहरुको दावी प्रस्तुत भएपछि भागवण्डा टुंग्याउन सकेको छैन ।मन्त्रालयको संख्या टुंगिएपनि कुन कुन मन्त्रालय कसलाई भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन ।

    देउवा प्रधानमन्त्री भएको डेढ महिना बितिसक्ना पनि मन्त्री परिषद विस्तार गर्न नसक्दा सर्वत्र आलोचना भएका छन् भने मन्त्रालयका काम कारवाही ठप्प बनेको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - ११:४७:१० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij