Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सीमा नाकामै कोरोना विरुद्धको खोप

सीमा नाकामै कोरोना विरुद्धको खोप


  • 3.7K
    Shares

    सीमा नाकामै कोरोना विरुद्धको खोप

    पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।

     सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

     “एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उहाँले भन्नुभयो, “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ । दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन् ।

     खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको छैन । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो ।

     कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १३:२९:१९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij