Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

निषेधाज्ञा थप्ने निर्णय गर्न आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै, विद्यालय सञ्चालनको मोडालिटी सार्वजनिक गर्ने तयारी

निषेधाज्ञा थप्ने निर्णय गर्न आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै, विद्यालय सञ्चालनको मोडालिटी सार्वजनिक गर्ने तयारी


  • 4.6K
    Shares

    निषेधाज्ञा थप्ने निर्णय गर्न आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै, विद्यालय सञ्चालनको मोडालिटी सार्वजनिक गर्ने तयारी

      काठमाडौं– जारी निषेधाज्ञाको समीक्षा गरी आगामी रणनीतिबारे छलफल गर्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर तथा भक्तपुरका) का सीडीओहरुको बैठक बस्दै छ।
      
    आज दिउँसो १ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा जारी निषेधाज्ञाको अवधि थप गर्ने विषयमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

    साथै आजको बैठकले उपत्यकाको विद्यालय सञ्चालनको मापदण्ड बनाउनेसमेत उनले जानकारी दिए।

    यसअघि जारी निषेधाज्ञा आज सकिँदै छ । आजको बैठकले  निषेधाज्ञाका यसअघि जारी केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने उनले बताए।

    पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै  विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने पराजुलीले बताए। 

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १२:०८:५५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij