Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु


  • 3.6K
    Shares

    मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

    काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा गए राति पौने ११ बजे मृत्यु भएको जनाइएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०५ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १, ०२, ०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब साढे ८ बजे ठक्कर दिएको थियो । टिपर चालकलाई प्रहरीचौकी गछियाले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १०:५८:१० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij