Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोना अपडेट : देशभर थप १६६४ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

कोरोना अपडेट : देशभर थप १६६४ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु


  • 4.4K
    Shares

    कोरोना अपडेट : देशभर थप १६६४ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर १६६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १५२३ पीसीआर परीक्षणबाट  र १४१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

    २४ घण्टामा ९ हजार ११७ नमुनाको पीसीआर परीक्षण र ३ हजार १०५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार २२२ गरिएको छ । 

    १७८६ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ। 

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३५ हजार ५९१ छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ६२ हजार ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८३ हजार ५०५  पुगेको छ । 

    हालसम्म ७ लाख १६ हजार ३०६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० पुगेको छ । 

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १७:१४:२६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij