Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ


  • 5.9K
    Shares

    किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

    उदयपुर । प्रहरीले करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका-११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् ।

    राई र ताम्राकार दुवैलाई महिलामाथि करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ भने ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।

    पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १४:०३:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij