२०८२ भाद्र ४ गते बुधवार
कास्की । बिना ईजाजत एसिडको ब्यापार गर्ने तीनजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका, ४ गैह्रापाटनस्थित ग ३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका २ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३५० केजी एसिड बरामद गरी उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिप चालक बारा जितपुरका१९ वर्षीय मिन बहादुर भारती, सोही जिपमा सवार चितवन भरतपुरमा २९ वर्षीय केशब सिंह र अभिषेक औजार पसलका संचालक ६३ वर्षीय बल बहादुर बिक रहेका प्रहरीले जनाएको छ ।
कास्कीमा बिना इजाजत एसिडको ओसार पसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाक आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त परिमाणको एसिड बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij