Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ

बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ


  • 3.7K
    Shares

    बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ

    लमजुङ । बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो ।

    बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

    बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको बलात्कार घट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।

     

     

     
     

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १०:३३:४३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij