Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नुवाकोटमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

नुवाकोटमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु


  • 4.7K
    Shares

    नुवाकोटमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    नुवाकोट । नुवाकोटमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर १ भकुण्डेकी ५६ वर्षिया दुर्गा ढकाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    सोमबार उनलाई सुतिरहेको बेला ओछ्यानमै सर्पले डसेर घाइते बनाएको उनका श्रीमान केशव ढकालले जानकारी दिएका थिए । सर्पले टोकेर घाइते भएकी उनको उपचारका लागि काठमाडाैं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    जिल्लामा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा काठमाडौं उपत्यका लैजानुपर्ने बाध्यता रहदै आएको छ ।

    जिल्ला अस्पताल त्रिशुलीमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ नभएका कारण जिल्ला तहमा उपचार हुन नपाउँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो । सरकारले सरकारीस्तरबाट नै जिल्ला तहमा सर्पदंश उपचार केन्द्र खोल्नुपर्ने सरोकारवालाहरु बताउँछन ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १०:२५:३३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij