Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध


  • 4.7K
    Shares

    पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

    अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ ।

     त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो ।

     अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उहाँले बताउनुभयो ।

     सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १०:५१:१९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij