Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बस्ती बाहिरबाट विद्युतीय लाइन विस्तार गर्न माग

बस्ती बाहिरबाट विद्युतीय लाइन विस्तार गर्न माग


  • 4.7K
    Shares

    बस्ती बाहिरबाट विद्युतीय लाइन विस्तार गर्न माग

    वैजनाथ गाउँपालिकावासीले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बस्ती बाहिरबाट विस्तार गर्न माग गरेका छन् । वडा नं ४ को नौवस्ता र वडा नं १ को चिसापानी तथा गाभर बस्ती हुँदै लाइन विस्तारको तयारी भएकाले विकल्प खोज्न आफूहरुले माग गरेकोे स्थानीय अगुवा पुनित शाहले जानकारी दिनुभयो ।

     उहाँका अनुसार घर तथा घडेरी माथिबाट प्रसारण लाइन विस्तार गरिए ती बस्तीका करिब ६० घरपरिवारमा असर पर्नेछ । सर्भेक्षणदेखि सार्वजनिक सुनुवाइ गर्दासम्म पनि बैठकमा आफूहरुलाई जानकारी नगराइएको तर अहिले एकाएक लाइन विस्तार गर्न थालिएको वडा नं १ चिसापानी निवासी वकिलजङ्ग साहको गुनासो थियोे ।

     उहाँले यी बस्तीका सर्वसाधारणको नाम र हस्ताक्षर किर्ते गरेर काम अगाडि बढाइएको आरोप लगाउनुभयो । जग्गाधनी जनतालाई थाहै नदिएर लाइन विस्तार गरिएकाले अहिले आक्रोशित पीडितले प्रमुख जिल्ला अधिकारीमार्फत सरोकार निकायमा वैकल्पिक उपाय अपनाउन ज्ञापन पत्र बुझाएका छन् ।

     प्रजिअ शिवराम गेलालले यस विषयमा अध्ययन गर्न एक समिति बनाइएको र सम्बन्धित निकायमा पनि जानकारी गराइएको छ भन्नुभयो ।

     बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सबस्टेशनमा गएर टुङ्गिने प्रसारण लाइन करिब ५१ किलोमिटर लामो हुने र ‘डबल सर्किटका एङ्गल टावर’ २६ वटा रहने छ ।

     आयोजनाको कूल टावर सङ्ख्या १४५ रहने बताइएको छ । उक्त आयोजनाका लागि करिव रु एक अर्ब ८० करोड लाग्ने जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १६:१५:४१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij