Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भालुको पित्तसहित एक जना पक्राउ

भालुको पित्तसहित एक जना पक्राउ


  • 4.2K
    Shares

    भालुको पित्तसहित एक जना पक्राउ

    बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ ।

     पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो ।

     उहाँका अनुसार दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको छ ।

     आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १४:००:३९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij