Logo

२०८२ मंसिर १४ गते आइतवार

२०८२ मंसिर १४ गते आइतवार

फाइजरले स्वीकृति पायो, अरु खोपले कहिले पाउँछन् स्वीकृति?

फाइजरले स्वीकृति पायो, अरु खोपले कहिले पाउँछन् स्वीकृति?


  • 3.5K
    Shares

    फाइजरले स्वीकृति पायो, अरु खोपले कहिले पाउँछन् स्वीकृति?
    images

    काठमाडौँ। कुनै पनि खोपले पूर्ण स्वीकृति पाउन वर्षौँ लाग्ने गरेको छ। खोपमाथिको लामो अनुसन्धान, विभिन्न चरणका क्लिनिकल ट्रायल, वैज्ञानिकहरुको अथक प्रयासपछि मात्रै खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाउँदै आएका छन्।

    एक वर्ष अगाडि विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएपछि उपचारका लागि विभिन्न उपायहरु अपनाउन थालिएको थियो। यही मध्येको एक थियो, कोरोना भाइरसविरुद्धको खोप।

    विज्ञहरुले संक्रमणको रोकथामको विकल्प खोप मात्रै रहेको भन्दै गरेका बेला विभिन्न देशहरुले खोप उत्पादन गरे। केही खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाए। कति अझै पनि क्लिनिकल ट्रायलमै छन्।

    कोरोना भाइरसविरुद्ध बनेका खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेपछि अहिले विश्वका विभिन्न देशले खोपको प्रयोग गर्दै आइरहेका छन्।

    उसो त विगतको इतिहास हर्ने हो भने आपतकालीन प्रयोगका लागि अनुमति पाएका खोपहरुले पूर्ण स्वीकृति पाउन एक दशकसम्म पनि लाग्ने गरेको छ। तर कोरोना भाइरसविरुद्धको खोपले पूर्ण स्वीकृतिका लागि दशक कुर्न भने परेन। वैज्ञानिकहरुको प्रयास, विभिन्न अनुसन्धानपछि कोरोना भाइरसविरुद्ध बनेको फाइजर खोपले एक वर्षमै पूर्ण स्वीकृति पाएको छ।

    कोरोना भाइरसविरुद्ध बनेका खोपमध्ये पूर्ण रुपमा अनुमति पाउने पहिलो खोप फाइजर बनेको छ। अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए)ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो।

    एफडिएको पूर्ण स्वीकृति पाउने पहिलो खोप फाइजर हो। एफडिएले पूर्ण स्वीकृति प्रदान गरे पनि विश्व स्वास्थ्य संगठनबाट भने अहिले नै स्वीकृति पाएको छैन। त्यसका लागि पनि फाइजरले प्रक्रिया अघि बढाइने जनाएको छ।

    एफडिएले १६ वर्षभन्दा माथिको उमेरका व्यक्तिहरुका लागि पूर्ण स्वीकृति प्रदान गरेको हो। यो खोप तीन हप्ताको अन्तरमा दुई मात्रा लगाउनु पर्दछ।

    विश्वव्यापी रुपमा फैलिएको महामारीको रोकथामका लागि खोपले चाँडै अनुमति पाएको जनस्वास्थ्य वैज्ञानिक डा। समिरमणि दीक्षित बताउँछन्।

    उनले भने, ‘अहिलेको महामारीको अवस्थामा खोप स्वीकृतिका लागि १०१र२ वर्ष लगाउन थालियो भने धेरै मानिसको मृत्यु हुन्छ। एउटा खोप आउन ५र७ वर्ष लाग्दै गर्दा अहिले एक वर्ष भित्रमै खोप आएका छन्। खोप नयाँ उत्पादन हुनु र यति छिटो स्वीकृति पाउनु भनेको एकदमै स्वभाविक हो र समयमै आउनु एकदमै राम्रो कुरा हो। महामारीले गर्दा यस्तो भएको हो।’

    डा। दीक्षितका अनुसार कुनै पनि खोपले पूर्ण अनुमति पाएपछि तोकिएको उमेर समूहका व्यक्तिहरुले बिना कुनै रोकटोक खोप लगाउन सक्ने छन्।

    ‘जहाँसम्म फाइजरको कुरा छ। अहिलेसम्म आकस्मिक प्रयोगका लागि अनुमति पाएको थियो। यसको मलतब विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मात्र प्रयोग गर्ने भनिएको हो, चाहिने व्यक्तिहरुलाई खोप लगाइदिनु भनेर स्वीकृति दिइएको हो। स्वीकृति पाइसकेपछि खोप उत्पादन गरेर तोकिएको उमेर समूह १६ वर्षभन्दा माथिका सबैलाई बिना रोकटोक लगाउन वा वितरण गर्न सक्छन्’, उनले भने,‘उनीहरु कमर्सियल रुपमा पनि जान सक्छन्। जुन–जुन देशमा खोपले स्वीकृति पाउँछ, उनीहरु त्यसैगरी अगाडि बढ्छन्। खोपले पूर्ण स्वीकृति पाइसकेपछि उमेर समूह, जोखिम समूह भन्ने हुँदैन। अनुमति पाएपछि अमेरिकामा १६ वर्ष भन्दा माथिका जोकोहीले पनि जहिले पनि खोप लगाउन मिल्छ।’

    छोटो समयमा बनेको कोरोना भाइरसविरुद्धको खोप लगाउन अझै पनि मानिसहरु हिच्किचाइरहेको पाइन्छ। तर खोपलाई लिएर सुरुका दिनहरुमा मानिसमा उत्पन्न भएका अनेक प्रश्नहरु बिस्तारै कम हुँदै भने गएका छन्। खोपले पूर्ण स्वीकृति पाएसँगै खोप लगाउन आनाकानी गरिरहेकाहरुलाई खोपप्रति विश्वास जाग्ने आशा गरिएको छ।

    नेपालमा मानिसहरु खोपप्रति आकर्षित हुँदै गर्दा अमेरिका लगायत अन्य देशहरुमा अझै पनि खोप लगाउन नमान्नेहरुको जमात ठूलै देखिएको छ। उनीहरुका लागि यो सन्देश सकारात्मक हुन सक्ने डा. दीक्षितले बताए।

    उनले भने,‘खोपले पूर्ण स्वीकृति पाउँदा खोप प्रति मानिसहरुको विश्वास बढ्छ। फाइजरको मात्र नभएर संसारभरका खोपको कुरा गर्दा यसको प्रयोगले मानिसहरुको ज्यान बचिरहेको छ। जसले गर्दा खोपले स्वीकृति पाएपछि सकारात्मक सन्देश जनमानसमा जान्छ। खोप सुरक्षित छ। भरपर्दो छ। र अमेरिका देशमा जहाँ मानिसहरु खोप लगाउन अझै पनि डराइरहेका छन्, त्यहाँ एकदमै राम्रो सन्देश जान्छ।’

    फाइजर खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ। खोप करिब ४४ हजार मानिसमा गरेको अध्ययनको नतिजापछि खोपलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडिएले जनाएको छ।

    अहिले अमेरिकामा जस्तै सुरु–सुरुमा नेपालमा पनि धेरैले खोप लगाउन नमानेको राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा। रमेशकान्त अधिकारीले बताए।

    उनले भने, ‘सुरुका दिनहरुमा नेपालमा फ्रन्टलाइनरहरुले पनि ट्रायल हो भन्दै खोप लगाउन डराइरहेको अवस्था थियो। खोप अभियान संचालन हुँदै गर्दा र संक्रमण दर दैनिक रुपमा बढ्दै गर्दा बिस्तारै बिस्तारै ट्रयाल होइन रहेछ भन्ने कुरा धेरैले बुझ्दै गएका छन्। त्यस्तै उनीहरु पनि खोप लगाएका व्यक्तिहरु सुरक्षित हुँदा रहेछन् भनेर बुझ्न थाल्छन्। र खोपप्रति विश्वास गर्न थाल्छन्।’

    यो खोपले स्वीकृति पाइसकेपछि सर्वसाधारणहरुको पहुँचमा पुर्‍याउन अझ सहज हने विज्ञहरुले बताएका छन्। यस्तै खोप बन्नु भन्दा पनि सेफ्टीको कुरा पहिला आउने डा। अधिकारीले बताए।

    ‘यसमा मुख्य कुरा सेफ्टीको हुन्छ। कोभिड–१९का लागि बनेका विभिन्न खोपहरु सेफ्टी मोनिटरिङ् गरेर सेफ छ भनेर डाटा कलेक्ट गरेपछि आकस्मिक प्रयागको अनुमति दिइएको हो। आकस्मिक प्रयोग भइरहेका बेला खोपहरुको मोनिटरिङ् गरिरहनु पर्छ। डाटाहरु राखिरहनु पर्छ। सेफ छ कि छैन। कुनै साइड इफेक्टहरु देखिएको छ या छैन। हरेक ग्रुपमा सेफ्टी इफेक्टिभनेस् देखिएको छ, छैन, यो सबै बुराको डाटा हेरिसकेपछि ल ठिक छ भन्ने भयो भने मात्र पूर्ण अनुमति दिइन्छ’, उनले भने, ‘पहिलाको तुलनामा अहिले खोप चाँडो बनिरहेका छन्। पहिला त्यति इमर्जेन्सी पनि थिएन। प्यान्डामिक जस्तो पनि मानिएको थिएन। अर्को कुरा इन्भेष्टमेन्ट पनि त्यति थिएन। डाटाहरु संकलन गर्नलाई अहिलेको जस्तो एड्भान्स टेक्नोलोजि पनि थिएन।

    डा. अधिकारीका अनुसार एउटा विधाको प्रयासले मात्रै खोले पूर्ण स्वीकृति पाएको भने होइन। ‘स्वास्थ्यका मात्रै नभएर सबै विधामा व्यक्तिहरु मिलेर बनाउँदा यो सम्भव भएको हो’, उनले भने।

    एक वर्ष अगाडि कोरोना भाइरस संक्रमण जसरी फैलियो, त्यसलाई जसरी पनि नियन्त्रण गर्नुपर्छ भन्ने थियो। यसको नियन्त्रणका लागि विभिन्न उपायहरु पनि अपनाइयो। त्योसँग खोप बनाउन सुरु गरियो। र खोप छिटो पनि बन्यो। खोप छिटो बन्नुको मुख्य कारण विगतको अनुभव भएको खोप विज्ञ डा. श्यामराज उप्रेती बताउँछन्।

    उनी भन्छन्, ‘खोप छिटो बन्नुको कारण वैज्ञानिकहरुलाई, उत्पादक कम्पनीहरुलाई खोप कसरी बनाउने भन्ने विगतको अनुभव पनि भयो। र विभिन्न किसिमका खोपहरु कसरी बनाउने त्यो जानकारी पनि उनीहरुलाई भयो। यो विश्वको प्यान्डामिकको अवस्थामा विभिन्न संघ–संस्थाहरुले पनि सहयोग गरे। आर्थिक सहयोग राम्रो भएपछि कोरोना भाइरसविरुद्धको खोप आवश्यकताभन्दा छिटो भयो र सफल पनि देखियो।’

    डा. उप्रेतीका अनुसार जब कुनै पनि रोगको महामारी फैलिरहेको छ, त्यो बेला खोप निस्केपछि खोपको फाइदा र बेफाइदा हेरिन्छ र महामारी नियन्त्रण गर्नका लागि फाइदा धेरै भएको खोपलाई आपतकालीन अनुमति दिइन्छ।

    ‘र पूर्ण स्वीकृतिमा भने आवश्यक पर्ने सबै डाटाहरु हेरिसकेपछि मात्र दिने कुरा हो। आपतकालीन छोटो समयका लागि हुन्छ भने पूर्ण स्वीकृति दीर्घकालीन समयका लागि हुन्छ। फाइजरको खोपले स्वीकृति पाइसकेको छ’, उनले भने, ‘अब यो खोप लगाइसकेपछि पूर्ण रुपमा सुरक्षित भइन्छ। आपतकालीन जस्तो नभएर अन्य समयमा पनि लगाउन सकिन्छ।’

    छोटो समयमा खोपले अनुमति पाएपछि अबका पछिल्ला दिनहरुमा बन्ने खोपहरु पहिलेको तुलनामा चाडो बन्ने सक्ने अनुमान गरिएको उनले बताए।

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - ११:३२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij