Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सिरहामा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु


  • 4.0K
    Shares

    सिरहामा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु
    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    स१०प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १२:०४:१५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij