Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा


  • 3.4K
    Shares

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा
    images

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविस्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदै छ। मुद्दा न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलास तोकिएको छ। 

    हिजो प्रकाशमान सिंह राउतको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको थियो।  लुम्बिनी प्रदेशका एमाले सांसद लीला गिरीले रिट दायर गरेको रिटमा संविधानको धारा १ सय ६८ को उपधारा १ बमोजिम बनेको सरकारमाथि दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ।

    विपक्षी गठबन्धनका सांसदको समावेदनका आधारमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले आजका लागि बैठक बोलाएका छन्। बैठक आज दिउँसो १ बजे बस्ने छ। 

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १२:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij