Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बालुवाटारमा भूमिगत गिरोह

बालुवाटारमा भूमिगत गिरोह


  • 11.7K
    Shares

    बालुवाटारमा भूमिगत गिरोह

    प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । 

    देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त  गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी छन् । उनी भानुलाई कुनै पनि हालतमा नियुक्त गर्ने पक्षमा छैनन्  । भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने आरजुको अडानका कारण सचिवालय रिक्त भएको हो । 

    यसबाट बालुवाटारमा दुई गुट रहेको प्रस्ट हुन्छ । देउवालाई महान बनाउने नाममा आरजुको योजनामा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने....’ भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएका छन् । यसको चौतर्फी विरोध भएको छ । सचिवालयले पूर्णता नपाउँदै बालुवाटरमा कुन गिरोह पसेर उल्कापात मच्चाएको हो भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि थाहा पाएका छैनन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - ०६:४७:०९ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij