Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पौडेल पक्षका जिल्ला सभापतिहरूको काठमाडौंमा भेला

पौडेल पक्षका जिल्ला सभापतिहरूको काठमाडौंमा भेला


  • 3.8K
    Shares

    पौडेल पक्षका जिल्ला सभापतिहरूको काठमाडौंमा भेला
    images

    काठमाडौँ।  नेपाली कांग्रेसका जिल्ला सभापतिहरू काठमाडौंस्थित ठमेलमा भेला भएका छन्।

    पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले सोमबार काठमाडौंमा भेला गरेका हुन्। भेला ठमेलस्थित यात्री होटलमा भएको छ। एक जना जिल्ला सभापतिले दिएको जानकारीअनुसार मंगलबारसम्म भेला चल्नेछ।

    महाधिवेशन समयमै गर्न र पार्टीलाई संकटमा नपुर्‍याउन सभापति शेरबहादुर देउवालाई सुझाव र दवाव दिने तयारीस्वरूप भेला गरिएको हो।‘महाधिवेशन अन्योलमा परेको र कार्यतालिका पनि प्रभावित भएको अवस्थामा सामुहिक रूपमा छलफल गरी निष्कर्ष निकालेर सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दवाव दिन लागेका हौं,’ एक जिल्ला सभापतिले भने, ‘भेला सुरू भइसकेको छ।

    साथीहरूले आफ्ना भनाइ राखिरहनुभएको छ।’भेलामा ७७ मध्ये ४० जिल्ला सभापति उपस्थित हुने दाबी छ। यसअघि पनि जिल्ला सभापतिहरूको तर्फबाट नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले विज्ञप्ति निकालेर क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गरेका थिए।

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - ११:२२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij