Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नाडेप लघुवित्तको नाफा साढे १५ करोड माथि, अन्य सूचक के कस्तो ?

नाडेप लघुवित्तको नाफा साढे १५ करोड माथि, अन्य सूचक के कस्तो ?


  • 7.5K
    Shares

    नाडेप लघुवित्तको नाफा साढे १५ करोड माथि, अन्य सूचक के कस्तो ?
    images

    काठमाडौं । नाडेप लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।

    विवरण अनुसार लघुवित्तले १५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ८३६९.११ प्रतिशतले धेरै हो ।  अघिल्लो वर्ष कम्पनीले १८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

    यस लघुवित्तको खुद ब्याज आम्दानी ८७.५७ प्रतिशतले र सञ्चालन नाफा २०७६.०५ प्रतिशतले बढेपछि नाफा ह्वात्तै बढेको हो । 
    असारसम्म १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको नाडेपले ४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

    हाल यसको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३६ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसाले बढाएर ३८ रुपैयाँ ७५ पैसा पुर्याएको छ । 

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - ११:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij