Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन-कुन ठाउँमा पुग्यो सेवा हेर्नुहोस् विवरण ?

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन-कुन ठाउँमा पुग्यो सेवा हेर्नुहोस् विवरण ?


  • 7.7K
    Shares

    सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन-कुन ठाउँमा पुग्यो सेवा हेर्नुहोस् विवरण  ?
    images

    काठमाडौँ  । सनराइज बैंक लिमिटेडले ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको बैंकले थप २ स्थानमा शाखारहित सेवा विस्तार गरेको हो । 

    बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । 

    त्यसैगरीे गत हप्ता बैंकलै सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८० औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.०८, धनसिंहपुरमा ८१ औं गरी थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । 

    सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा  नियुक्त गरेको छ । 

    सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १६:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij