Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब ३१ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब ३१ करोडको कारोबार


  • 5.5K
    Shares

    दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब ३१ करोडको कारोबार
    images

    काठमाडौँ । शेयर बजार परिसुचक ‘नेप्से’  साताको कारोबारको अन्तिम दिन बिहीबार १६ अंकले  ओरालो लागेको छ।
    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३ हजार १ सय ७ दशमलब ४५ विन्दुमा झरेको छ।

    वाणिज्य र विकाश बैंकबाहेक अन्य सबै समूहको सूचक घटेका छन्। एक लाख ३५ हजार ४२ वटा कारोबारमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।

    चार वटा कम्पनीको कारोबार पोजेटिभ सर्किट लेभलमा भएको छ। नेपाल फाइनान्स लिमिटेड, कर्णाली विकाश बैंक, जिवन विकाश लघुवित्त र युनियन लाइफ इन्सुरेन्सको सेयर मुल्य अघिल्लो दिनको अन्तिम कारोबारको तुलनामा १० प्रतिशतले बढेको हो।

    जिवन विकाश र युनियनको यसै साता दोस्रो बजारमा कारोबार सुरु भएको हो। यता धेरै प्रतिशत मुल्य घट्नेमा अधिकांश जलविधुत कम्पनीहरु देखिएका छन्। तर बिहीबार कुनैपनि कम्पनीको कारोबार नेगेटिभ सर्किट लेभलमा भएन। कम्पनीहरुको करिब ६ प्रतिशतसम्म सेयर मुल्य घटेको छ।

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १५:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij