Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

ङादी ग्रुप पावर सहित पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले ?

ङादी ग्रुप पावर सहित पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले ?


  • 11.3K
    Shares

    ङादी ग्रुप पावर सहित पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १२.५ अंकले बढेर तीन हजार एक सय २३ दशमलब १५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि बृद्धि भएको छ । आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ । 

    त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । जसमध्ये सात कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।     

    शेयरमूल्य बढ्ने कम्पनीहरुमा अपि पावर कम्पनी, खानि खोला हाइड्रोपावर कम्पनी, दिव्याश्री हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अप्पर तामाकोशी, घलेम्दी हाइड्रो र युनियन लाइल इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

    त्यस्तै, आज जीवन विकास लघुवित्त वित्तिय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युत कम्पनी र आँखुखोल जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

    त्यस्तै, आज ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७९ करोड भन्दा बढीको कारोबार भएको छ ।              

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १५:४१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij