Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

४.६ अंकले बढ्यो नेप्से : ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कतिले बढ्यो ?

४.६ अंकले बढ्यो नेप्से : ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कतिले बढ्यो ?


  • 4.8K
    Shares

    ४.६ अंकले बढ्यो नेप्से : ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कतिले बढ्यो ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से ४.६ अंकले बढेर तीन हजार ८५ दशमलब ७ विन्दुमा पुगेको छ ।   

    त्यस्तै, आज कोरोबार रकममा गिरावट आएको छ । आज १० अर्ब ९८ करोड ३६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये आठ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।   

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    यस्तै, गुराँस लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले, फस्ट माइक्रोफाइनान्सको ९.०९, युनिभर्सल पावरको ९ प्रतिशत र अरुण काबेली जलविद्युतको ८.४२ प्रतिशतले बढेको छ । 

    घलेम्दी हाइड्रोको शेयरमुल्य प्रतिकित्ता रु.४२४, गुराँस लघुवित्तको रु.२ हजार ११५, फस्ट माइक्रोफाइनान्सको रु.९६०, युनिभर्सल पावरको रु ४९४ र अरुण काबेली जलविद्युतको रु.३७० पुगेको छ ।

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - १५:२५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij