Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मेगा बैंकले एकैदिन विस्तार गर्यो ६ वटा शाखा, थप १० वटा शाखाहरु चाँडै खुल्ने

मेगा बैंकले एकैदिन विस्तार गर्यो ६ वटा शाखा, थप १० वटा शाखाहरु चाँडै खुल्ने


  • 4.8K
    Shares

    मेगा बैंकले एकैदिन विस्तार गर्यो ६ वटा शाखा,  थप १० वटा शाखाहरु चाँडै खुल्ने
    images

    काठमाडौं। मेगा बैंकले विभिन्न प्रदेशमा एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नम्बर १ मा एक, बागमतीमा तीन, लुम्बिनीमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो।

    सुनसरी,नुवाकोट, चितवनको विकास चोक र भरतपुर हाइट,बाँके र कैलालीको धनगढीमा आजबाट शाखाहरु विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको बैंकका सूचना अधिकारी तुलसीराम पोखरेलले बताए ।

    यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १५:३२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij