२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा स्ट्यान्ड लिन नसक्दा आलोचना हुन थालेको छ ।
गभर्नर अधिकारीले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिवाट निकै प्रसंशा बटुलेका थिए ।
कोरोनाले शिथिल बनाएको अर्थतन्त्रलाई माथि उकास्ने र आम उद्योग व्यवसायीलाई राहत दिने खालको मौद्रिक नीति सार्वजनिक गरेका थिए । तर गभर्नर महाप्रसाद अधिकारीले समयमा मौद्रिक नीति सार्वजनिक गर्न नकसेका कारण आलोचना हुन थालेको छ ।
अहिले गभर्नर अधिकारीमाथि राष्ट्र बैंकको स्वायत्तता बचाउन नसकेको भन्दै आलोचना हुन थालेको छ । स्वायत्तता भएको संस्थाको नेतृत्वको रुपमा स्ट्याण्ड लिन किन सकेनन् गभर्नर अधिकारीले भन्ने जिज्ञासा आम जनमानसमा छाएको छ ।
अर्थमन्त्रालयले बजेट संशोधन गरेपछि मात्रै मौद्रिक नीति जारी गर्ने भनेपछि गभर्नर अधिकारी अलमलमा परेका छन् । अर्थमन्त्रालष्यले बजेट संशोधन गर्न लागेकाले मौद्रिक नीति रोकोको छ । तर अर्थमन्त्री जनार्धन शर्माले भने मौद्रिक नीति र नरोकेको स्पक्ति दिएका छन् ।
सरकारको दबावका कारण अर्थमन्त्री अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्न सकिरहेका छैनन् । उनले सकारका विभिन्न अर्थमन्त्रीसँग सहज रुपले काम गर्ने गभर्नर अधिकारीको मनसाय भएका कारण अर्थमन्त्रीको आग्रह मान्दा मौद्रिक नीति सार्वजनिक गर्न डिलाई भएको हो ।
राष्ट्र बैंक आँफैमा स्वायत्तता र बलियो संस्थाको नेतृत्व गरिरहेका गभर्नर अधिकारीले राजनीतिक दबावको वेवास्ता गर्दै मौद्रि नीति सार्वजनिक पर्ने भएपनि त्यसो गरेनन् । गभर्नरको पाँच वर्षको अन्तरालमा विभिन्न पार्टी नेतृत्वका सरकारका अर्थमन्त्रीसँग काम गर्नुपर्ने बाध्यता हुन्छ । त्यसैले पनि गभर्नर अधिकारीले राष्ट्र बैंकको पक्षमा स्ट्याण्ड लिन नसकेको देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij