Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा १५.१३ अंकको गिरावट, ११ अर्ब बराबरको कारोबार

शेयर बजारमा १५.१३ अंकको गिरावट, ११ अर्ब बराबरको कारोबार


  • 7.4K
    Shares

    शेयर बजारमा १५.१३ अंकको गिरावट, ११ अर्ब बराबरको कारोबार
    images

    काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन नेप्से १५.३० अंक बढेर हालसम्मकै उच्च विन्दु ३०९४.९५ विन्दुमा पुगेको थियो। 

    यस दिन २१७ कम्पनीको १ लाख ६ हजार ६८२ पटकको कारोबारमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । 

    नेप्से ओरालो लागेपनि यस दिन रिडी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यस दिन ६६ रुपैयाँ बढेर ७२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यसै दिनदेखि कारोबारमा आएको जीवन विकास लघुवित्तको शेयरमूल्य ८.२२ प्रतिशत बढेर ९८९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

    यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१७ प्रतिशत र विकास बैंकको १.१ प्रतिशत घटेको छ। यता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ भने लगानी उपसमूहको १.१९ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १६:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij