Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मैलुङ खोलाको आइपिओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?

मैलुङ खोलाको आइपिओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?


  • 7.0K
    Shares

    मैलुङ खोलाको आइपिओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?
    images

    काठमाडौँ । बिहीबार (आज)बाट मैलुङ खोला जलविद्युत्‌ कम्पनीको साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । ६ लाख ८४ हजार सात सय ४६ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

    यो जलविद्युत्‌को प्रति सेयर एक सय रुपैयाँका दरले साधारण सेयरको बिक्री खुलेको हो । सात लाख ३६ हजार दुई सय ८६ कित्तामध्ये पाँच प्रतिशत अर्थात ३६ हजार आठ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

    जारी पुँजीको दुई प्रतिशत (१४ हजार सात सय २६ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । १० लाख कित्तादेखि एक लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

    आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८।५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ । डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ ।

    कति कित्ता सेयर भर्ने ? 
     
    पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यालाई आधार मान्ने हो भने मैलुङ खोलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यस कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता सेयर मात्र निष्कासन गर्न लागेको छ । यसआधारमा, न्यूनतम १० कित्ताले बाँडफाँट गर्दा पनि ६८ हजार ४७४ जना लगानीकर्ताले मात्र सेयर पाउनेछन् । 
     
    यद्दपि, पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या भने २० लाख भन्दा बढी पुग्न थालेको छ । यसआधारमा मैलुङ खोलाको १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिन्छ । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - ११:३९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij