२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेप्सेमा बुधबार (हिजो) सूचीकृत भएको जीवन विकास लघुवित्तको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
आज नेप्सेको स्पेसल प्रि ओपन सेसनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर ९१४ रुपैयाँमा पहिलो कारोबार भएको छ ।लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार १०० कित्ता सेयर हिजो नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेले दोस्रो बजारमा कारोबारका लागि लघुवित्तलाई ‘जेबीएलबी’ सिम्बोल प्रदान गरेको थियो । यस्तै, पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij