२०८२ माघ ८ गते बिहिवार
बुधबार शेयर बजार परिसूचक, नेप्से ३०९४.९५ बिन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो।
यसअघि १२ साउनमा परिसूचक ३०७९ बिन्दुमा पुगेको थियो। आज तीन कम्पनीमा सकारात्मक सर्किट लाग्यो। नारायणी विकास ब्यांक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।
यो हप्ताको बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५ विन्दुमा पुगेको छ । बुधबार बजार १५ दशमबल ३० अंकले बढेर शेयर नेप्से ३ हजार ९५ दशमलब ९४ विन्दुमा पुगेको छ । बुधबार १३ अर्ब २९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ।
नेप्से परिसूचकले रेकर्ड बनाए पनि आज कारोबार रकम भने घटेको छ। आज २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार कित्ता शेयर खरीदबिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। १२ साउनमा १५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij