Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा सूचीकृत भयो जीवन विकास लघुवित्तको सेयर, सेयर मूल्य पहिलो दिनमै १ हजार पुग्ने !

नेप्सेमा सूचीकृत भयो जीवन विकास लघुवित्तको सेयर, सेयर मूल्य पहिलो दिनमै १ हजार पुग्ने !


  • 7.2K
    Shares

    नेप्सेमा सूचीकृत भयो जीवन विकास लघुवित्तको सेयर, सेयर मूल्य पहिलो दिनमै १ हजार पुग्ने !
    images

    जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

     कम्पनीले बुधबार ४१ लाख ६ हजार ७०० कित्ता संस्थापक र १९ लाख ७७ हजार ३०० साधरण गरी कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

     नेप्सेमा सूचीकृत भएसँगै बिहीबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रिओपन सेसनमा कारोबार हुन नसकेमा नियमित कारोबर हुने छैन ।

     लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले ३०५.२७ रुपैयाँदेखि ९१५.८१ रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यसकै बीचमा रहेर कम्पनीको पहिलो शुरु कारोबार हुनेछ ।

     कम्पनीको पहिलो सेयर कारोबार अधिकतम मूल्यमा भएमा सोही दिन सेयर मूल्य १ हजार माथि पुग्ने सम्भावना देखिन्छ । कम्पनीको पहिलो सेयर कारोबार ९१५.८१ रुपैयाँमा भएमा मूल्य १० प्रतिशतले बढेर १००६ रुपैयाँ पुग्न सक्नेछ ।

     लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

     जसमा भाग्यमानी ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने तीमध्ये ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ताका दरले सेयर पाएका थिए । आवेदन दिएका १८ लाख ३३ हजार ५०७ जनाको भने हात रित्तो भएको थियो ।

     लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

     हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

     चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १४:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij