Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दूरसञ्चार तथा प्रविधि क्षेत्रका यी हुन् ५ कम्पनी जसले जारी गर्दैछन् आईपीओ

दूरसञ्चार तथा प्रविधि क्षेत्रका यी हुन् ५ कम्पनी जसले जारी गर्दैछन् आईपीओ


  • 8.0K
    Shares

    दूरसञ्चार तथा प्रविधि क्षेत्रका यी हुन् ५ कम्पनी जसले जारी गर्दैछन् आईपीओ
    images

    काठमाडौं । यतिबेला शेयर बजार उत्कर्षमा पुगेको छ । त्यहीअनुसार बजारमा लगानी गर्नेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । नयाँ कम्पनीहरू पनि प्राथमिक शेयर (आईपीओ) जारी गरी कम्पनीमा सार्वजनिक लगानी भित्र्याउन जुटिरहेका छन् ।

    आर्थिक वर्ष २०७७र७८ मा मात्रै ३२ कम्पनी प्राइभेटबाट पब्लिक कम्पनीको रुपमा रूपान्तरण भएका छन् । त्यसमध्ये सूचना प्रविधि क्षेत्रका कूल ५ कम्पनीले स्वामित्व परिवर्तन गराएका छन् ।

    जसमा निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियाटा, इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन, सुबिसु केवल नेट, लुप नेटवर्क र एसटीसी कार्ड सेवाप्रदायक कम्पनी स्मार्ट टेक्नोलोजिज रहेका छन् ।

    यसरी स्वामित्व परिवर्तन गराएका सबै कम्पनीले साधारण शेयर जारी गर्छन भन्ने चाँहि पक्कै होइन । तर, पब्लिक कम्पनीको रुपमा दर्ता भएका कम्पनीले साधारण शेयर जारी गर्नसक्ने सम्भावना भने रहन्छ ।

    कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने व्यवस्था छ ।

    त्यसैका आधारमा एनसेल, वर्ल्डलिङ्क, सुबिसुजस्ता सेवाप्रदायक स्वामित्व परिवर्तन गरी पब्लिक कम्पनी भएका हुन् । एनसेल अघिल्लो साउन १९ गतेबाट पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले हालसम्म साधारण शेयर जारी गर्ने विषयमा भने कुनै आधिकारिक जानकारी भने दिएको छैन ।

    त्यस्तै देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले सर्वसाधारणमा शेयर जारी गर्ने विषयमा यसअघि नै जानकारी दिइसकेको छ । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष दीलिप अग्रवालले अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने जानकारी दिएका थिए ।

    अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु पनि ७ महिना अघिमात्रै पब्लिक कम्पनीमा परिणत भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय साउदका अनुसार तत्कालै आईपीओ जारी गर्ने योजना नभएपनि अन्ततः यसको उद्देश्य त्यही नै भएको बताए ।

    ‘अझै केही वर्ष आईपीओ जारी गर्ने विषयमा कुनै तयारी छैन,’ उनले भने, ‘तर, भविष्य भनेको त्यही नै हो । त्यसका लागि आवश्यक काम विस्तारै अघि बढ्नेछ ।’

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १४:२८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij