Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी, माधव नेपालपक्ष पनि सहभागी

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी, माधव नेपालपक्ष पनि सहभागी


  • 3.4K
    Shares

    बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी, माधव नेपालपक्ष पनि सहभागी
    images

    काठमाडौं । आज सत्तारूढ गठबन्धनको बैठक जारी छ। बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्दैछ ।

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ ।  नेपाल समूहबाट डा। विजय पौडेल बैठकमा सहभागी रहेको बताईएको छ । 

    आजको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताईएको छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्। जसपाको आधिकारिकता अध्यक्ष यादव नेतृत्वले पाएसँगै गठबन्धन बैठक बस्न लागेको हो। 

    गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए।

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - ११:१८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij