२०८२ मंसिर १५ गते सोमवार
काठमाडौँ । सरकारले सिंहदरबार प्रवेशमा थप कडाई गर्ने भएको छ । तोकिएको परिचय पत्रमार्फत मात्र सिंहदरबार प्रवेश गराउँदै आएकोमा सरकारले त्यसमा पनि कडाई गर्ने नीति लिएको हो । यसबारे छलफल गरी निर्णय लिन मुख्य सचिव शंकरदास बैरागीले बुधबार सचिव बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सचिव बैठकको एजेण्डा सूचीको दुई नम्बर प्रस्तावमा सिंहदरबार प्रवेश सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषय उल्लेख छ । ‘सिंहदरबार प्रवेशको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन सिंहदरबार प्रवेशबारे गृह मन्त्रालयले थप व्यवस्थित गर्ने’ भन्ने एजेण्डा तय भएको छ।
यस्तै सचिव बैठकमा नेपाल सरकारबाट स्वीकृत भएको र प्रन्ध्रौँ योजनामा गेम चेन्जर प्रोजेक्टको रुपमा समावेश भएको डिजिटल नेपाल फेमवर्कको कार्यान्वयनका विषयमा पनि छलफल हुँदैछ। यस्तै सरकारी तथ्यांक र कागजपत्रको सुरक्षाका विषयमा पनि छलफल हुँदैछ । संवेदनशील सामग्री पेन ड्राइभ इमेल जस्ता माध्यमबाट कसरी आदान प्रदान गर्नेबारे छलफल हुन लागेको हो।
यसका साथै बैठकले हार्डवेयर खरीद सम्बन्धी मापदण्ड र प्रकृया सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको प्रतिनिधित्व हुने गरी कार्यदल बनाउने स्रोतले जनाएको छ।
त्यस्तै बैठकले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम कार्यान्वयनको सुनिश्चितता, निजामती सेवा दिवस मनाउने लगायतको विषयमा छलफल गर्ने छ ।
![ss].jpg](/media-file/images/2021/07/1627450117-vU3yT.jpg)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij