Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

हाइड्रो चम्किँदा नेप्से चम्कियो, यी १४ कम्पनीका लगानीकर्तालाई भयो मालामाल

हाइड्रो चम्किँदा नेप्से चम्कियो, यी १४ कम्पनीका लगानीकर्तालाई भयो मालामाल


  • 6.6K
    Shares

    हाइड्रो चम्किँदा नेप्से चम्कियो, यी १४ कम्पनीका लगानीकर्तालाई भयो मालामाल
    images

    सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा हाइड्रोपावरको सेयरमा चमक आउँदा नेप्सले नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो ।

    आज नेप्सेले ३०७९ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०७५ विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक ३०५८ विन्दुको रेकर्ड बनाएको थियो ।

    नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुको नाफा घट्ने गरी नयाँ निर्देशन जारी गरेपछि आज बजार खुल्नसाथ निरन्तर ओरालो लागेर ५० अंकसम्म घटेको थियो ।

    सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकम पनि उत्साहजनक रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले बढेर १५ अर्ब नाघेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से २९.२८ अंकले बढेर ३०७९.६७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँ बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ, माएक्रोफाइनान्स, होटल र व्यापारसमूहको परिसूचक राताम्मे भएक छन् भने बाँकी ९ समूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ४.७४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह पनि ३.७५ प्रतिशतले बढेको छ ।

    आज कारोबारमा आएका २२५ कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ४८ करोड र युनाइटेड मोदी हाइड्रोपावर ३६ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । मल्टिप्रपोज फाइनानस, खानीखोला, युनाइटेड मोदी, नेशनल हाइड्रो, जोशी र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यस्तै, हिमालयन ऊर्जा, जानकी फाइनान्स, युनिभर्सल पावर, हिमालयन पावर, युनाइटेड इदी मार्दीको सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । सिनर्जी पावर, रिलायन्स फाइनानस र आँखुखोला हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.७७ प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १६:२९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij