२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Start–up Ideas Call) कार्यक्रम सुरु भएको छ।
सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (Startup Idea Call) कार्यक्रम सुरु गरेका हुन्।
काठमाडौंमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समुद्घाटन गरेका हुन्।
समुद्घाटनमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए। नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनको भनाई थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij