Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेञ्चुरी बैंकको सात करोड को-को मिलेर कसरी पारे दम्पच ? सासुको खाताबाट कसले गर्यो भुक्तानी ?

सेञ्चुरी बैंकको सात करोड को-को मिलेर कसरी पारे दम्पच ? सासुको खाताबाट कसले गर्यो भुक्तानी ?


  • 7.2K
    Shares

    सेञ्चुरी बैंकको सात करोड को-को मिलेर कसरी पारे दम्पच ? सासुको खाताबाट कसले गर्यो भुक्तानी ?
    images

    सेञ्चुरी बैंकले मौरिससको एक रेमिट कम्पनीबाट पाउनुपर्ने छ लाख अमेरिकी डलर (करिब ७ करोड रुपैयाँ) प्राप्त गर्न नसकेपछि बैंकका सञ्चालकहरूनै विवादमा तानिएका छन् । 

    अफ्रिकाको पूर्वी क्षेत्रमा रहेको टापु देश मौरिससको एमएम रेमिटले नेपालमा पठाउनुपर्ने ६ लाख डलर बराबरको रकम पठाउन आनाकानी गरेको र सो सम्बन्धमा सेन्चुरी बैंकले सशक्त अडान लिन नसकेको कारणले गर्दा नेपाल राष्ट्र बैंकले सो रकम ल्याउन नसक्नुको कारणसहित स्पष्टीकरण सोधेको छ भने केही सेयरधनीले यस विषयमा पत्र लेखेर सञ्चालकसँग उत्तर माग गरेका छन् । 

    सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ, सञ्चालक रणबहादुर श्रेष्ठ, तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा रेमिटेन्स विभाग प्रमुख रमेश श्रेष्ठ यो विवादमा मुछिएका छन् । 

    यी व्यक्तिहरूको संयुक्त लगानीमा रहेको मेरो रेमिटमा मौरिशससबाट छ लाख अमेरिकी डलर पैसा पठाएको कारणले गर्दा एमएम रेमिटका सञ्चालक मनिष पन्तले सेञ्चुरी बैंकको सोही बराबरको आफूले तिर्नुपर्ने रकम नपठाउने अडान लिएका हुन् । 

    मेरो रेमिटको मौरिसससँगकोे व्यापारिक सम्बन्ध र सेञ्चुरी बैंकको सम्बन्ध एक आपसमा असम्बन्धित भएता पनि सो बैंकको सञ्चालकहरूलेनै मौरिससबाट मेरो रेमिटमा पैसा मगाएको र सो हिसाब चुक्ता नगरेकाले सेञ्चुरी बैंक यो विवादमा फस्न गएको देखिन्छ । 

    राष्ट्र बैंकले सो छ लाख डलर रकम ल्याउन नसकेको विषयमा कारवाही गर्नका लागि सेञ्चुरी बैंकलाई पत्र लेखे पश्चात पनि तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईको राजीनामा अध्यक्षको दबाबले स्वीकृत गरेको कारणले पनि यसमा बदनियत देखिएको स्रोतको दाबी छ । 

    बैंकको करिब ७ करोड रकम दुरुपयोग भएर बैंकलाई हानि पुगेको जानकारी पाएपछि नेपाल राष्ट्र बैंकले २०७६ असारमा भट्टराईलाई कारवाही गर्न सिफारिस गरेको थियो । तर, भट्टराई राजीनामा स्वीकृत गराएर विदेश पलायन भएको स्रोतले बताएको छ । 

    अध्यक्ष श्रेष्ठ र भट्टराई नै मेरो रेमिटमा संलग्न भएका कारणले पनि यस कार्यमा बदनियतपूर्ण मिलेमतो देखिन्छ । 

    बैंकका अध्यक्ष  श्रेष्ठ, तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत भट्राईकी श्रीमती  स्मृति उपाध्याय भट्टराई, बैंकका बहालवाला सञ्चालक रणबहादुर श्रेष्ठ र बैंकका तत्कालीन रेमिट्यान्स प्रमुख रमेश श्रेष्ठको श्रीमती नविना श्रेष्ठको नामबाट राम्रो रेमिट प्रालि नामक कम्पनी स्थापना भएको थियो ।

    राम्रो रेमिट कम्पनीले मौरिससमा रहेको एमएम रेमिटका सञ्चालक मनिषराज पन्तसँग सेञ्चुरी बैंकको  रकमको आडमा व्यक्तिगत व्यवसाय सञ्चालन गर्न सम्झौता गरेर बैंक र आफ्नो पदको समेत दुरुपयोग गरेको आरोप छ ।

    उनीहरुले बैंक र आफ्नो पदको मात्रै नभएर विदेशी मुद्राको समेत अपचलन गरेको राष्ट्र बैंक स्रोत बताउँछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा २३ को उपदफा १ मा सञ्चालकले बैंक वा वित्तीय संस्थामार्फत वा बैंक वा वित्तीय संस्थाको कामको सिलसिलामा व्यक्तिगत लाभ  लिने कुनै काम गर्न गराउन हुँदैन भन्ने उल्लेख  छ । 

    राम्रो रेमिट प्रालिमा सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठको नाममा ४५ हजार कित्ता सेयर रहेको छ । तर श्रेष्ठले भने २५ लाख रुपैयाँ मात्रै उक्त सेयर वापत भुक्तानी गरेको र बाँकी रहेको २० लाख रुपैयाँ एमएम रेमिटका सञ्चालक मनिषराज पन्तको सासुको खाताबाट भुक्तानी भएको स्रोतको दाबी छ । 

    यस्तै कम्पनीमा बैंकका हालका सञ्चालक रणबहादुर श्रेष्ठ ३० हजार कित्ता, बैंकको तत्कालीन रेमिट्यान्स प्रमुख रमेश श्रेष्ठको श्रीमती नविना श्रेष्ठको नाममा ३९ हजार कित्ता र जीवन भट्टराईकी श्रीमती स्मृति उपाध्याय भट्टराईको नाममा १५ हजार कित्ता सेयर रहेको मेरो रेमिटको प्रबन्धपत्रमा देखिन्छ ।  

    नेपाल राष्ट्र बैंकले भट्टराईलाई कारवाही गरेर उक्त रकम असुल गर्न भने पनि सञ्चालक समितिले भने उक्त रकम असुल गर्न ताकेता नगरेको सेयरधनीको आरोप छ । बैंकले अहिलेसम्म मध्यस्थकर्ता नियुक्त गरे पनि रकम असुल गर्न ताकेता नगरेको स्रोतको दाबी छ ।  

    सञ्चालक समितिले बैंकको व्यवस्थापन समितिसँग यसको प्रगति विवरण पनि माग नगरेको र बैंकले हालसम्म पनि एमएम रेमिटलाई पत्राचार नगरेको उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रका अनुसार राष्ट्र बैंकले एमएम रेमिटबाट आउनुपर्ने विदेशी मुद्रा किन आएन भनेर सेञ्चुरी बैंकलाई स्पष्टीरकण सोधेको र चित्तबुझ्दो काम नभएका कारवाही अघि बढ्ने बताएका छन् । 

    तर, बैंक सञ्चालक समिति अध्यक्ष राजेश श्रेष्ठ भने आफ्नो चरित्र हत्या गर्न यो सब गलत प्रचार भएको दाबी गर्छन् । 

    एमएम रेमिटसँग बैंकको कारोबारमा केही समस्या भए पनि यसमा आफ्नो संलग्नता छ भन्नु चरित्र हत्या गर्ने प्रयासमात्रै भएको उनले बताए । 

    “उक्त केस अहिले अदालतमा विचाराधीन रहेको छ, अदालतको फैसलापछि सबै कुरा मिल्छ, अहिले अदालतमा विचाराधीन विषयमा धेरै टिप्पणी नगरौँ,” उनले भने । 

    यो रेमिट्यान्स रकम भित्राउन असमर्थ रहेको र त्यस्मा पनि अध्यक्ष लगायत सम्बद्ध अरुको बदनियतपूर्ण व्यापारिक कारोबार रहेको कारणले सेञ्चुरी बैंकको सञ्चालक समितिनै विभाजित बनेको छ । यही विवादका कारणले त्यस बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले कार्यकाल सकिनु अगावै राजीनामा गरेका छन् । 

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १४:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij