Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अरुका नाममा आइपिओ भर्नेलाई अब पाता कसिने, बैंकिंङ्ग कसुर अन्तर्गतको मुद्दा लगाईने

अरुका नाममा आइपिओ भर्नेलाई अब पाता कसिने, बैंकिंङ्ग कसुर अन्तर्गतको मुद्दा लगाईने


  • 105.1K
    Shares

    अरुका नाममा आइपिओ भर्नेलाई अब पाता कसिने, बैंकिंङ्ग कसुर अन्तर्गतको मुद्दा लगाईने
    images

    अरुकै नाममा आइपिओ भरेर नाफा लिने प्रवृत्ति हटाउन सिडिएस एण्ड क्लियरिङले नयाँ सफ्टवेयरको विकास गर्दैछ।नयाँ सफ्टवेयर विकासका लागि परेको टेन्डर आह्वानमा ३ वटा कम्पनी ‘सर्टलिस्ट’मा परेका छन्।

    ‘तीमध्ये अब एउटा कम्पनी छनौट गरेर उसँग सम्झौता हुनेछ’ सिडिएससीका सिइओ पूर्णप्रसाद आचार्यले भने।

    सम्झौतापछि ३–४ महिनाको समयभित्र कम्पनीले तोकिएका विशेषतासहितको सफ्टवेयर तयार गरी सिडिएससीलाई परीक्षण गर्न दिनेछ। सिडिएससीले शर्त, तोकिएका विशेषताअनुसार भए÷नभएको अध्ययन गरेर सफल भइसकेपछि डिम्याट खाता संचालन गर्ने कम्पनीहरु (डिपी)लाई सफ्टवेयर हस्तान्तरण गर्नेछ। निश्चित शुल्क लिएर सिडिएससीले डिपीसँग सम्झौता गर्नेछ। 

    सो सफ्टवेयरमा डिपीहरुले ग्राहकको केवाइसी विवरण भरेपछि सिडिएससीको सिस्टममा आई स्टोरेज हुनेछ। 

    उनका अनुसार अब केवाइसी विवरणलाई अझ विस्तृत बनाइनेछ। हालसम्म डिम्याट खाता खोलेकाहरु पनि एक पटक निक्षेप सदस्य (डिपी)मा आफै उपस्थित भएर केही थप विवरण प्रमाणित गर्नुपर्नेछ। त्यतिबेलै अरुका नाममा डिम्याट खाता खोलेकाहरु पत्ता लाग्नेछ। 

    नयाँ सफ्टवेयरले फोटो र व्यक्ति पहिचान गर्ने उच्च क्षमता राख्नेछ। यसले गर्दा नागरिकताको फोटोअनुसारको व्यक्ति उपस्थित भएको हो/होइन भन्ने पनि धेरै हदसम्म पत्ता लाग्ने आचार्यले बताए। त्यस्तै मेसिनबाटै ग्राहकले ल्याप्चे समेत लगाउने छन्। 

    प्रमाणित भएका व्यक्तिहरुको डिम्याट खाता संचालन हुनेछ भने प्रमाणित हुन नसकेका व्यक्तिको डिम्याट खाता निश्चित समयपछि हटाउने व्यवस्था गरिनेछ। 

    केन्द्रिकृत रुपमा ग्राहकको विवरण सिडिएससीसँग पनि हुनेछ। ग्राहकलाई पटक पटक केवाइसी भर्नुपर्ने बाध्यता हुँदैन। पछिल्लो समय अरुका नामबाट आइपिओ भर्नेहरु केही निरुत्साहित हुँदै गएका छन्। 

    सिडिएससीका अनुसार हालसम्म ३७ लाख ६७ हजारको डिम्याट खाता खुलेको छ। तर केही खाता नवीकरण नै नभएको अवस्था रहेको आचार्यले बताए। आइपिओ भर्नेको संख्याले पनि यसलाई पुष्टि गर्दछ।

    यसअघि खुलेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा सबैभन्दा धेरै २१ लाख ८२ हजारले आवेदन दिएका थिए। यसको अर्थ डिम्याट खाता भएर पनि बाँकी १५ लाख ८५ हजारले भरेनन्। यीमध्ये केहीले दोहोरो खाताका कारण र केहीले आरक्षित कोटा पाएकाले नभरे पनि धेरैले नवीकरण नभएकै कारण नभरेका हुन्। 

    सिडिएससीमा अरुले नै आफ्नो डिम्याट खाता खोलेर चलाइदिएको उजुरीहरु पर्ने गरेका छन्। ‘कतिपयको आफन्तिले नै खाता खोलिदिएको पाइन्छ, हाम्रोमा गुनासो आइसकेपछि दुवै पक्षलाई बोलाएर समाधान पनि गरिदिने गरेका छौं’ सिइओ आचार्यले भने।

    पहिलेजस्तो 'बोरे' प्रवृत्ति क्रमिक रुपमा निरुत्साहित हुँदै गएको उनले बताए। त्यसरी डुप्लिकेट डिम्याट खाता खोलिदिने डिपीलाई समेत सतर्क गराइँदै आएको उनले बताए। यहीं कारण डिपीहरुले हाल डिम्याट खाता खोल्न स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने व्यवस्था गरेका छन्। 

    तर नागरिकताको फोटोकपी लिएर खाता खोल्नका लागि आएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन सक्ने क्षमता डिपीसँग छैन। प्रत्येक वर्ष डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। नवीकरणका लागि त झन् आफैं उपस्थित हुनुपर्ने बाध्यता पनि छैन, अझ अनलाइनबाटै शुल्क भुक्तानी गरी नवीकरण गर्न पाइने व्यवस्था छ। 

    एक व्यक्तिले दुईभन्दा बढी यस्तो खाता खोल्न नपाइने व्यवस्था छ। करिब १ लाख ७० हजारले मात्रै दुई वटा खाता खोलेको सिडिएससीको तथ्यांक छ। 

    अरुका नाममा त्यसरी डिम्याट खाता खोलेर कारोबार गर्नेलाई बैंकिङ कसुरअन्तर्गत कारबाही पनि हुन्छ। डिम्याट खाता खोलिसकेपछि घरमै बसेर अनलाइनमार्फत आइपिओ भर्न सकिन्छ। 

    धितोपत्र बाँडफाँड निर्देशिकाले भन्छ– पुगेसम्म सबैलाई १० कित्ता सेयर दिनुपर्नेछ, नपुगेमा गोलाप्रथाबाट छनौट गर्नुपर्छ। १० कित्ताभन्दा धेरै पुग्ने भएमा सो अंकले भाग जाने सेयर संख्या सबैलाई दिनुपर्नेछ। 

    छरिएको पुँजीलाई एकीकृत गर्ने र बाँडफाँडमा समानुपातिक सिद्धान्त कायम गर्ने निर्देशिकाको लक्ष्य हो।

    निर्देशिकाअनुसार धेरै व्यक्तिको नामबाट आवेदन दिँदा पुगेसम्म सबैलाई १०–१० कित्ता पर्छ भने नपुगेमा गोलाप्रथा गरेमा पनि कसै न कसैलाई पर्न सक्छ भन्ने मान्यता छ।  यही मान्यताले गर्दा पनि आइपिओको खेती फस्टाएको हो। 

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १५:०४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij