२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । प्रभु क्यापिटलले ‘समर डिम्याट योजना’ सञ्चालनमा ल्याएको छ । यही साउन १० गतेबाट लागू हुने गरी नयाँ योनजा सञ्चालनमा ल्याइएको हो । यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्नेछन् । यो योजना २०७८ साउन ३२ गते सम्म सञ्चालन हुनेछ ।
साथै, यस योजना अन्तरगत प्रभु क्यापिटलमा यसअघि नै डिम्याट खाता भएका तथा नयाँ डिम्याट खाता खोलेका र खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा उनीहरुले थप अर्को १ वर्षको लागि डिम्याट खाता र मेरो सेयर निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
प्रभु क्यापिटलमा नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालभरमा रहेका शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सकिनेछ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताका लागि आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij