२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ । कम्पनीले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको हो ।
कम्पनीले रू १ हजार प्रति ऋणपत्रका दरले १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड बराबरको ऋणपत्र असार २० गतेदेखि ३० गतेसम्म निष्कासन गरेको थियो ।
रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन सर्वसाधारणलाई माग बमोजिम र व्यक्तिगत तवरमार्फतका लागि प्राप्त आवेदनको हकमा आंशिक रुपमा कम्पनीले शुक्रवार ऋणपत्र बाँडफाँट गरेको हो ।
कुल १५ लाख कित्तामध्ये ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गरेको भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानी कोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गरेको छ । ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बाँडफाँड सम्बन्धी विवरण आवेदकहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित WWW.Meroshare.cds.com.np बाट हेर्न सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यमपिटलले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij