Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

१० प्रतिशतले बढेर सर्किट ब्रेकर लगाउने यी हुन् सात कम्पनी

१० प्रतिशतले बढेर सर्किट ब्रेकर लगाउने यी हुन् सात कम्पनी


  • 6.8K
    Shares

    १० प्रतिशतले बढेर सर्किट ब्रेकर लगाउने यी हुन् सात कम्पनी

    एकै दिन सात कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको हो ।

    यसरी सर्किट ब्रेक लाग्नेमा अधिकांश जलविद्युत्‌ कम्पनीहरू छन् । सपोर्ट माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, विशाल बजार कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर र ङादी ग्रुप पावरको सेयर मूल्यमा उच्च वृद्धि भएको हो ।

    सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य दुई सय ५७ रुपैयाँले बढेर दुई हजार आठ सय २७ रुपैयाँ कायम भएको छ । जोशी हाइड्रोपावरको सेयर मूल्य ३१.३० रुपैयाँले वृद्धि भएर तीन सय ४४ रुपैयाँ प्रति कित्ता कायम भएको छ । युनिभर्सल पावर कम्पनीको मूल्य ३२.७० रुपैयाँले बढेको छ ।

    विशाल बजार कम्पनीको सेयर भाउ ६ सय १० रुपैयाँले बढेको छ । हिमालय ऊर्जा विकास कम्पनीको सेयर ३९.३० रुपैयाँले वृद्धि भएर चार सय ३२ रुपैयाँ पुगेको छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ३१.४० रुपैयाँले बढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ६९.४० रुपैयाँले बढेको छ ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १३:५५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij