२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । प्रभु बैंकले २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर साउन १५ गतेदेखि लिलामीमा ल्याउने भएको छ ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । आवेदकले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij